अग्नि पिडितको साथमा प्रजिअ शर्मा,घटना स्थालमा पुगेर गरिन् राहत वितरण

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले विद्युत सट भई भएको आगलागि पिडितलाइ राहत वितरण गरेकि छिन् । मन्थली नगरपालिका वडा नम्बर १२ गेलुको भोर्लेमा भएको आगलगि पिडितलाइ प्रजिअ शर्माले घटना स्थलमा पुगेर राहत वितरण गरेकि हुन्  ।
आगलागिको घटनाको जानकारी आउन साथ प्रजि शर्माको टोलीले घटना स्थालमा पुगेर क्षति भएका ३ घर परिवारलाइ आर्थिक तथा जिन्सि सहयोग गरेको प्रजिअ शर्माले बताइन् ।
गेलुको भोर्लेमा विद्युत सट भइ लागलागी भएको थियो । स्थानीय जुना बुढाथोकीको घरबाट सुरु भएको आगोले ३ घर जलेर नष्ट भएको थियो । आगलागिबाट वारीपरिका अन्य घरलाइ समेत समान्य क्षति पु¥याएका छन् । आगलागिबाट क्षति भएको ३ परिवारलाइ ४० हजार आर्थिक सहयोग गरिएको छ । त्यस्तै कम क्षति भएका २ परिवारलाइ त्रिपाल र ३ परिवारलाइ कम्बल, भाँडाकुडा लगाएतका सामान सहयोग गरिएको प्रजिअ शर्माले बताइन् ।
आगलागिबाट ४ बर्षीय बालक श्रवण बुढाथोकी गम्भीर घाइते भएका छन् । आगलागिको समय घर भित्र रहेको कारण उनी गम्भीर घाइते भएका हुन् । घाइते बालकलाइ अहिले तामाकोसी अस्पतालमा उपचार गराइरहेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..