शंखरापुर फलोअपः राजनितिक आडमा भूमाफिया,नगरपालिकालाइ ढाड्दै बन खन्दै

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ५ पालुबारीमा सामुदायक बन अतिक्रमण गरी जग्गा प्लटिङ भएको छ । आहाल डाँडा सामुदायक बनको जग्गा अतिक्रमण गरी केही भूमाफियाहरुले जग्गा प्लटिङ गर्दै बेचिरहेको स्थानीयहरुले बताएका छन् ।

सामुदायक बन अतिक्रमण गरी प्लटिङ गर्ने काम स्थानीय काग्रेसको नेता राजाराम तिवारीले गरिरहेका छन् । तिवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाको खास मान्छे हुन् । उनी आफु नेता सिटौंलाको खास मान्छे हुँ भन्दै सामुदायक बन तथा सार्वजनिक जग्गाहरु अतिक्रमण गर्दै प्लटिङ गरेर बच्दै आएका छन् ।

शंखरापुरमा सार्वजनिक जग्गा अतिक्रमण गर्न भूमाफिया मात्र नभइ जनप्रतिनिधि पनि लागेका छन् । जनप्रतिनिधि तथा वडा ५ का अध्यक्ष शेर गम्भीर थापासमेत भूमाफियाको जालोमा फसेर सार्वजनिक जग्गा अतिक्रमणमा लागेको स्थानीयको आरोप छ ।
शंखरापुरमा भूमाफियाले नगरपालिकालाइ समेत ढाटेको शंखरापुर नगरपालिकाको नगरप्रमुख सुर्वण श्रेष्ठले बताए । उनले नगरपालिकामा कृषि फर्म खोल्न फारम भरेर बन खनेको उनले बताए । त्यस्तै जग्गावाला प्रकास श्रेष्ठलाइ समेत थाहा नदिइकन माफियाले ढाडेर बन खनेको र उनिहरुलाइ उचित कार्वाहि गर्ने उनले बताए ।

कांग्रेस नेता सिटौलाको नाम लिएर तिवारीले स्थानीय जनप्रतिनिधिलाइ समेत प्रभावमा परेको स्थानीयको आरोप छ । स्थानीयको उजुरी गरेपछि प्रहरीले चिनकाजी र बन खन्न प्रयोग गरेको डोजेर समाएको छ । तर तिवारी उनलाइ छुटाउन लागि रहेको स्थानीयले बताएका छन् । भूमाफियालाइ जोगाउन शंखरापुरको जनप्रतिनिधि पनि लागि रहेका छन् ।
जग्गा प्लटिङ गरेर बेच्नलाइ सम्याएको उक्त जग्गा कुखुरा पल्ने टहरा बनाउने शीर्षक राखी सम्याउने सिफारिस नगरपालिकाले दिएको स्थानीयले जानकारी दिए । यो चलखेलमा नगरपालिका र सब डिभिजनका कर्मचारी र आहाल डाडा सामुदायिक बनका केही ब्यक्तिहरु प्लटिङवालाको प्रलोभन र प्रभावमा परेको एक स्थानीयले बताए । उक्त प्लटिङ गर्ने मानिसहरुको नाम लिनसमेत स्थानिय जनप्रतिनिधि र सामुदायिक बन र सब डिभिजनका ब्यक्तिहरु डराउने स्थानीयको आरोप छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..