आज भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिइँदै

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् । नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको आज दर्ज्यानी दिइँदैछ ।

नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमणमा निस्किएका छन् । उनले धार्मिक भ्रमणका क्रममा नेपाली ढाका टोपी लगएका छन् ।

पत्नी विनासहित उनले बुधबार वसन्तपुरमा जीवित देवी कुमारीको दर्शनसमेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए । नरवणेको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम आज ९बिहीबार०का लागि तय गरिएको छ ।

आज उनलाई नेपाली सेनाको मानार्थ महारथीको द््ज्यानी चिह्न दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सो उपाधि प्रदान गर्ने सेनाले जनाएको छ । उनले त्यहीँ राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..