शंखरापुर फलोअप : तिवारीको कर्तुत व्यक्तिको जग्गा हडपेर हाजिङ निर्माण, सार्वजनिक जग्गा देख्नै हुन्न

काठमाडौं । काग्रेस नेता कृष्णप्रसाद सिटौलाको निकट मानिने शंखरापुर नगरपालिकाको काग्रेस नेता राजाराम तिवारीको अर्को कर्तुत सार्वजनिक भएको छ । नेता सिटौलाको आडमा सार्वजनिक जग्गा तथा बन अतिक्रमण गर्दै आएका तिवारीको फेरी अर्को नयाँ कर्तुत बाहिर आएको हो ।
तिवारीले स्थानीय बहादुर स्याङ्तानको नाममा रहेका जग्गा झापा मोरङ तिर बस्ने सुकुम्बासीको नाममा पास गरेको पाइएको छ । काठमाडौ जिल्ला साबिक सुन्टोल गा.बि.स वडा नं ९ मा रहेको उक्त जग्गा २०२१ सालमा स्थानिय गोबिन्द दुलालको नाममा जाँचपास भइ सोही ठाउँ बस्ने बाहादुर स्याङ्तानले २०३१ सालमा किनेको देखिन्छ । उक्त जग्गा २०६५ सालमा बहादुर स्याङ्तानको परिवार कसैलाइ थाहै नदिइ झापा मोरङ र सुनसरी तिर बस्ने सुकुम्बासीहरुको नाममा पुर्जा तयार गरी तिवारीले उक्त जग्गामा हाउजिङ बनाउन दर्ता गराएका पाइन्छ । तिवारीले त्यही हाउजिङको नाममा ऋण लिएका थिए । पछि नेपाल हाउजिङको सम्पुर्ण सम्पत्ती सिटिजन बैंकले किनेको र उक्त जग्गा हाल नेपाल हाउजिङको नाममा पुर्जा भएतापनी स्वामित्व सिटिजन बैंकको रहेको छ । जुन जग्गा धेरै पटक लिलामीमा पनि निकालेका थिए । तर कसैले किन्न नसक्ने मूल्य भएको बैंकको श्रोत बाट दिएको मूल्यबाट देखिन्छ ।
बाहादुर स्यङ्तानको छोराहरुले उक्त जग्गा सोही ठाउँ बस्ने तिलक दुलाललाई सामान्य घरयसी कागज गरि भोगचलनको लागी दिएका थिए । जग्गाको सबै प्रमाणहरु मालपोतबाट नस्ट गरी उक्त जग्गा राजाराम तिवारीले नापी कार्यालय चाबहिलका अमिन उत्तम खड्का र अमिन राम नारायण यादवसँग मिलेर उक्त जग्गाको साधमा रहेको प्रती जग्गासमेत बेचेको स्थानीयले बताउँछन् । राजाराम तिवारी कृष्णप्रसाद सिटौलाको खास मान्छे हो भन्दै सार्वजनिक सम्पति हडप्दै बेच्दै आएको स्थानीयले बताउँछन् ।
तर राजाराम तिवारीले यो सबै आफुमाथि लगाएको आरोप भएको बताए । उनले आफ्नो चरित्र हत्या गर्न केही मानिस लागेको बताए । आफु संलग्न नभएको केसमा आफुलाइ जोडेर केही मानिसले लाभ लिन खोजेको उनले बताए । आरोप लगाए जस्तो कुनै केसमा आफु संलग्न नभएको र संलग्न भएको प्रमाणित गरे प्रमाणित गरे आफुले जहाँ गएर बयान दिनपनि तयार रहेका बताए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..