काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि स-यो

काठमाडौं । पटक पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।

आजका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर सरेको हो । अब बैठक कात्तिक २४ गते सोमबार बस्ने गरी तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एक महिनादेखि काँग्रेस बैठक सर्दै आएको छ। बैठक बस्नुअघि नै पार्टीले गर्ने निर्णयबारे सहमति नजुटेपछि बैठक तीन दिन पर सारिएको हो ।

कोरोना महामारीका कारण फागुनमा तोकिएको १४औँ महाधिवेशन नहुने भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा काँग्रेसभित्र मतभेद छ।

संस्थापन पक्षले आउँदो भदौमा महाधिवेशन गर्न प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले जेठ वा त्यसभन्दा अघि नै महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..