कोरोना संक्रमित बरिष्ठ हास्यकलाकार गजुरेलको स्वास्थ्य अवस्था गम्भीर,आइसियूमा राखेर उपचार हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि बरिष्ठ हास्य कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । अवस्था गम्भीर भएपछि गजुरेललाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुको आइसियूमा भर्ना गरिएको हो ।

अस्पतालका अनुसार हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको छ । गजुरेलमा कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसेका उनी बुधबार अस्पताल पुगेका थिए । तर,हिजोदेखि अवस्था थप गम्भीर भएपछि आइसियूमै राख्न परेको हो ।
आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने गर्दा आफूमा कोरोना संक्रमण भएको अनुमान गजुरेलले गरेका थिए । लक्षणसहितको कोरोना संक्रमण भएपनि उनी केहीदिन घरमै आइसोलेसनमा थिए ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..