धरानमा उपचाररत थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा कोभिड संक्रमणका कारण दुई जना महिलाको मृत्यु भएको छ। धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो।

६७ वर्षीया महिला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिइन्। दीर्घ रोग रहेकी महिलाकात्तिक १८ गते भर्ना भएकी थिइन्। उनलाई १९ गते कोरोना पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। उनको शुक्रबार साँझ ६ बजे मृत्यु भएको हो।

त्यसैगरी, ८१ वर्षीया महिलामा उच्च रक्तचाप रहेको अस्पताले बताएको छ। कात्तिक १९ गते कोरोना पुष्टि भएपछि उनी २० गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन्।

योसँगै बीपी प्रतिष्ठानमा कोभिड संक्रमितको मृत्यु हुनेको संख्या ९२ पुगेको छ। कोभिडबाट सुनसरीमा मृत्यु हुनेको संख्या ६० पुगेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..