प्रचण्डसहितका नेकपाका ५ नेताले आज प्रधानमन्त्रीलाई सामूहिक भेट्दै

नेकपा केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले आज प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुने भएको छ ।

अध्यक्ष प्रचण्डले बोलाउनुभएको हिजोको सचिवालय बैठकमा सहभागी पाँच सदस्यले आज प्रधानमन्त्री ओलीसँग सामुहिक भेटघाट गरी परामर्श गर्ने तय भएको हो ।

हिजोको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफलमा अहिलेसम्म भएको भेटका विषयमा जानकारी गराउनुभएको थियो । नौ जना सदस्य रहेको सचिवालयमा हिजो पाँच जनाको सहभागिता रहेको नेता झलनाथ खनालले बताउनुभयो ।

खनालका अनुसार सामूहिक भेट आज विहान ९ बजे तय भएको छ ।पार्टीलाई जीवन्त बनाउन र सरकारको काम कारवाही समेत प्रभावकारी बनाउन पार्टीको नियमति बैठक अनिवार्य रहेको बताउनुहुँदै नेता खनालले पार्टी बैठकबारे आज प्रधानमन्त्रीसँग छलफल गरिने बताउनुभयो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..