काँग्रेसका पदाधिकारीहरूको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीहरूको बैठक आज पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित छ ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विभिन्न विषयमा धारणा राख्ने क्रम हिजो नसकिएकाले निष्कर्षमा पुग्नका लागि आज बैठक बस्ने जानकारी दिनुभयो ।

हिजोको बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, एनपी साउदलगायतले १४ औं महाधिवेशन फागुन गर्न समस्या रहे पनि धेरै टाढा सार्न नमिल्ने धारणा राख्नुभएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यहरूको उपस्थिति छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयलाई टुङ्गोमा पु¥याएर कात्तिक २४ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने तयारी गरिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..