मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

काठमाडौं । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो ।

तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ ।
अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..