केपी शर्मा ओली पक्षको काठमाडौं जिल्ला स्तरीय गुटभेला, प्रमुख वक्ता ईश्वर पोखरेल

कात्तिक २३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका केपी ओलीलाई समर्थन गर्नेहरुको गुट भेला भएको छ । उक्त कार्यक्रममा काठमाडौंका जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रमुख वक्ताको रुपमा रहेका थिए ।

उक्त गुट भेलामा पूर्व एमाले समर्थक भनेर बोलाइएको भए पनि माधव नेपाल समर्थकहरुले भने बहिस्कार गरेका थिए । पूर्व माओवादीहरुलाई भने बोलाइएको थिएन । उक्त भेलालाई काठमाडौंका अध्यक्ष कृष्ण राईका अनुसरा ‘पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो । हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन’, जिल्ला अध्यक्ष राईले भने । उनका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए ।

‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको हो’, उनले भने । शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने ।

पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले भने बहिस्कार गरेका थिए ।

केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..