राष्ट्रपति विद्या भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

असोज २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएका कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् ।
आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..