काठमाडौंमा जबजकाे नाममा गुटकाे भेला, नेपाल लाइनलाई कमजोर पार्ने ओली पक्षकाे चाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक द्वन्द्व तिव्र रुपमा बढिरहेको छ । पार्टीभित्रको अन्तरविरोध तिव्र भइरहेको बेला अध्यक्ष तथा प्रधामन्त्री खड्गप्रसाद शर्मा ओली पक्षले जबजकाे नाममा गुटको भेला चल्न सुरु गरेको छ । जबज लाइनको बैंठक भन्दै आज केपी गुटका नेताहरुले काठमाडौंमा भेला गरेका हुन् ।
ओलीको पार्टी विधि प्रकृया र पद्धतिभन्दा बाहिरबाट चल्ने र मनोमानी गर्ने शैलीले अहिले नेकपाको भविष्य अन्धकारको यात्रामा लम्कीरहेको छ । केपी ओलीका गुटका नेता तथा नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा आज काठमाडौंमा भेला भएको छ । राइले आजको भेला जबज लाइनलाइ समर्थन गर्नेहरुको भएको बताए । उनले गुटको भेला भन्नेलाइ रक्सी खानेले चिया खानेलाइ रक्सी खानुको मजा केथा तिनलाइ भनेर जिस्काएको जस्तो भएको बताए ।
राइको यो भनाइले पनि पार्टीको विधि प्रकृयाभन्दा पनि गुट नै ठिक भन्ने अर्थ दिन्छ । यो भनाइले पार्टी विधि प्रकृया र पद्धदिमा हैन गुटमा चल्नु पर्छ, स्वाच्छाचारी हुनुपर्छ, मनोमानी गर्न पाउनु पर्छ भन्ने केपी ओलीको स्वाभाव र कार्यशैलीलाइ थप पुष्टि गर्दछ ।
पार्टी कमीटीको निर्णय नमान्ने र आफुखुसी गर्ने ओली गुटले भेटलाइ जबज समर्थकको भेला भनेका छन् । तर जबजलाई सधैंं प्रयोग मात्र गरिरहने नेताहरुको मात्र भेला भएको नेकपाकै एक नेताले बताए । जबज स्थापनामा ठुलो योगदान गरेको नेपाल पक्ष भने यो भेला बहिस्कार गरेका छन् । मदन भण्डारीको जबजलाइ स्थापित गर्नको लागि सबैभन्दा ठुलो योगदान माधव नेपालको रहेको छ । माधव नेपाललाई पार्टीभित्र अप्ठ्यारो परेपछि तरंग ल्याउनकाे लागि भेट गर्ने गर्छन् । पार्टीभित्र सधैं नेपाललाई सिध्याउनकाे लागि षड्यन्त्रमा तल्लीन भइरहेका हुन्छन् ।
माधव नेपाल पक्षविनाको यो भेलालाइ केपी गुटले जबज लाइन भन्नुलाई नेपाल पक्षलाइ कमजोर बनाउने केपीको चालको रुपमा नेताहरुले लिएका छन् । जबज स्थापनमा कुनै योगदान नभएको केपी ओली जबजको नाममा अध्यक्ष र प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हो । शासक शैली र संंक्रिण मानसिकता भएका ओली अहिले नेकपामा अल्पमतमा छन् ।
नेकपाको प्रत्यक कमिटीमा अल्पमतमा भएपछि ओलीले पार्टी कमिटीको बैंठकले गरेको कुनै पनि निर्णय मानेका छैन । उल्टै अर्को कार्यकारी अध्यक्ष प्रचण्डलाई पार्टीको बैठक बोलाए पार्टी फुटाउने धम्की दिइरहेका छन् ।
प्रधानमन्त्री ओली विदेशी पाहुना र रअका प्रमुखसँग घण्टौं गफिन तयार हुन्छन् । तर पार्टीको आफ्नो गुट बाहेक कुनै पनि नेताहरुसँग उनी खुलेर कुरा गर्ने तथा भेट गर्ने गर्दैन । उनलाई अहिले पार्टी सबैभन्दा घाडाे भएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..