आइपीएल क्रिकेट उपाधिको लागि दिल्ली र मुम्बई भिड्ने

दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् ।

गएराति अबुधाबीमा भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलो पटक आईपीइलको फाइनलमा प्रवेश गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रनमा समेटियो ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जीत दिलाउन सकेनन् । यस्तै अब्दुल समादले ३३ रन बनाए भने राशिद खानले ११ रन बनाए ।

यसैगरी मनिस पाण्डे २१, प्रियान गार्ग १७, जासन होल्डर, ११ रन तथा कप्तान डेभिड वार्नर २ रनमा पभेलियन फर्किए । हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए भने मार्कुस स्टोइनिसले ३ र अक्षर पटेलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ७८ रन जोडे भने शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ र कप्तान श्रेयस अय्यरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १–१ विकेट लिए । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।

यसअघि दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग नै ५७ रनले पराजित भएको थियो । हैदराबादले भने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..