प्रदेश दुईले अझै किन टुङ्ग्याउन सकेन नाम र राजधानी ?

काठमाडौं । प्रदेश २ सरकार गठन भएको तीन वर्ष हुनै लागे पनि प्रदेशको नाम र राजधानी अझै टुङ्गो लाग्न सकेको छैन ।

संघीय संरचना अनुसार प्रदेश सरकार गठन भएर काम सुरु भएको ३ वर्ष हुँदा पनि प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो नलाग्दा नागरिक पनि अलमलमा परेका छन् । संविधान अनुसार प्रदेशको नाम र राजधानी प्रदेश सभाको २ तिहाई बहुमतले टुङ्ग्याउन सक्छ । तर, प्रदेश २ मा कुनै पनि दलको २ तिहाई मत नभएकाले यो विषय टुङ्गिन सकेको छैन ।

नेकपाका सांसद शत्रुधन महतो राजधानीको विषयमा लगभग सहमति जस्तै भएपनि नामाकरणको विषयमा विवाद देखएको बताउनुहुन्छ । बहुमत नभएको अवस्थामा सरकारको नेतृत्व गरिरहेको समाजवादीले नेकपा वा काँग्रेसको साथमा नाम र राजधानीको विवाद टुङ्ग्याउनुपर्छ ।

समाजवादीले, प्रदेशको नाम मधेस प्रदेश, काँग्रेसले मिथिला भोजपुरा र नेकपाले जानकी राख्नुपर्ने अडान लिएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव राजधानी जनकपुर बनाउने सर्वसम्मति घोषणा भयो । तर मधेसप्रदेश भएन भने हामी जनकपुरमा भोटिङ गर्दैनौं भनेर नेताहरूले अडान राखेपछि यो विषय टुंगिन नसकेको उहाँको भनाइ छ ।

तीन वटै दल आ आफ्नो अडानबाट पछाडी नहट्ने कारणले यो कार्यकालमा प्रदेश २ ले नाम र राजधानी दुबै पाउने सम्भावना कमजोर बनेको छ । जसलाई मुख्यमन्त्री लालबाबु राउत पनि स्वीकार गर्नुहुन्छ ।

सात प्रदेशमध्ये ५ प्रदेशको नाम र राजधानी टुङ्गिसकेको छ भने प्रदेश नम्बर १ को नाम र २ को नाम तथा राजधानीको टुङ्गो लागेको छैन । स्नेहा कर्ण, सीआईएन

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..