आईपीएल फाइनल आज, दिल्ली र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ। उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने छन्।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल राति पौने आठ बजे सुरु हुनेछ। मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो भने दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको हो।

यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ। मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ। दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..