व्यापारिक अपराध गरेबापत पहिलो पटक कैद सजाय सुनाइयो

काठमाडौं । सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ ल्याएपछि व्यापारिक अपराध गरेबापत पहिलो पटक कैद सजाय सुनाएको छ ।

वाणिज्य, आपूर्ति तथाउपभोक्ताहित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनःनयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गर्ने ऐन आएपछिको पहिलो कैद सजाय सुनाइएको हो ।

स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकार लगायतका दर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका व्यवस्थापक रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजालासले एक वर्ष कैद र जनही ३ लाख रुपैयाँ जरिवाना सुनाएको हो ।

जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको महानिर्देशक सुुवेदीले बताउनुुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ ले यस्ता मुद्धामा सुरु कारबाही गर्ने अधिकार विभागका महानिर्देशकलाई नै दिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..