पुल्चोक–गोन्द्राङ सडकखण्डको स्तरोन्नती गर्ने काम शुरु

कात्तिक २४, भरतपुर । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई स्तरोन्नती गर्ने काम शुरु भएको छ ।
सडक स्तरोन्नतीका लागि जिम्मेवारी पाएका इण्डो सगुन जेभीले निर्माण कम्पनीेले काम शुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम शुरु गरेको छ । योसंगै सडकको छेउमा रहेका रुख, पोललगायत भौतिक संरचना हटाउने काम अघि वढाइँदै छ ।

निर्माण कम्पनी सगुन जेभीले सो सडक स्तरोन्नतीका लागि कार्यालयसँग २८ महिनामा काम सम्पन्न गर्ने गरि गत असोज २६ गते सम्झौता गरेको थियो । सूचना अधिकारी इञ्जिनीयर खनालका अनुसार रु एक अर्ब १२ करोडको लागतमा छ किलोमिटर उक्त सडकखण्डको स्तरोन्नती गर्न लागिएको छ । हाल शहरको मुख्य क्षेत्रमा चार लेन र अन्य भागमा दुई लेन रहेको उक्त सडकखण्डलाई छ लेनमा स्तरोन्नती गर्न लागिएको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । सडकको बीचमा तीन मिटर हरियालीका लागि छुट्याइएको छ भने चार लेन लामो दूरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याइएको सूचना अधिकारी खनालको भनाइ छ ।

उनका अनुसार सवारी साधनलाई यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन् । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । सडकको दायाँ–बायाँ र बीचमा आकर्षक सडक बत्ती हुनेछ । उनले भने, “सरासर काम भएमा विसं २०७९ माघ १० गते भित्र सुन्दर सडक वन्नेछ ।”

यो सडकले आवागमनलाई सहज बनाउनुका साथै महानगरको सौन्दर्यतालाई समेत वढाउने महानगरका प्रमुख रेनु दाहालको भनाइ छ । उनीले यो सडकको स्तरोन्नतीसँगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुने बताएकी छन् । रासस

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..