नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बोलाए सचिवालयको बैठक

कात्तिक २५, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाएका छन् ।
यसअघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारीक सचिवालयको बैठक राखेका थिए, उक्त बैठकमा ९ जना सदस्य मध्ये बहुमत ५ जना सदस्यको उपस्थित रहेका थिए । त्यसपछि बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयको बैठक बोलाउने सहमतिका लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए ।

सो अल्टिमेटम सकिएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न प्रचण्डले सचिवालयको बैठक बोलाएका हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..