देशभरमा थप २७३६ जना कोरोना संक्रमण

कातिक २५, काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ८ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ भने १ हजार ५८ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..