हरिबोल गजुरेल भन्छन्, मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्छ

काठमाडौं । नेकपाको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले मन्त्री मण्डल पुन गठन गर्नुपर्ने बताएका छन् । उनले नेकपाको स्थायी कमिटीले निर्णय गरेको मन्त्रीमण्डल पुनर्गठन लगायतको बिषयलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
राजमार्ग डटकमसँग कुरा गर्दै उनले पार्टीको स्थायी कमिटीले निर्णय गरेको बिषयलाई कार्यन्वयन नगर्दा अहिले समस्या आएको बताए । उनले पार्टीको दुई अध्यक्षले एकले पार्टी चलाउने र अर्कोले सरकार चलाउने बिषयमा एक अर्कामा सहमति गरेर चलाउने बिषयमा निर्णय भएपनि त्यो कार्यान्वयन नभएको बताए ।
नेकपाको आन्तिरिक विवाद अहिले सघन बन्दै गएको छ । अध्यक्षद्वयको शक्ति संघर्षको कारण नेकपाको भविष्य माथि धेरै पटक प्रश्न उठेको छ । नेकपालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा ठोस कदम अगाडि बढाउनेभन्दा पनि नेकपाभित्रको हावी हुने भन्ने बिषय प्रधान भएको छ । पार्टी कमिटिले निर्णय गरेको बिषयहरु प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अहिलेसम्म कुनै पनि नमानेको कारण यस्तो समस्या आएको छ ।
संघय मन्त्रीमण्डल तथा प्रदेशको पनि मन्त्रीमण्डल पुन गठन गर्ने बिषयमा निर्णय भएपनि केही कुरा कार्यन्वयन नहुँदा अहिले पार्टीमा समस्या भएको उनको भनाइ छ । उनले पार्टीभित्र अनावश्यक विवाद र छलफल गरेर समय खेर फाल्ने र नयाँ कुरामा छलफल नहुने भएको कारण अहिले कसैले पार्टीको विधि, पद्धति, प्रकृयाको फलो नगरेका बताए ।
पर्टीमा विवाद भएपछि समिति बनाएर समाधानको प्रयास गरिएको थियो । उक्त समितिको सुझाव अनुसार नै स्थायी कमिटिले मन्त्रीमण्डल पुनः गठन लगाएको निर्णय गरेको थियो । बैंठकमा केही पनि नबोल्ने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले निर्णय पश्चात् केही कार्यन्वयन नगर्ने शैलीको कारण अहिले पार्टीमा ठुलो समस्या आएको छ ।
उनले विधि, पद्धति तथा प्रकृया पालनामा दुई अध्यक्ष नै चुकेको बताए । ‘दुई अध्यक्षको कुराकानी पनि बाहिर आएको छ,’ उनले भने,‘ यो बेला पार्टीको कसैले पनि विधि, पद्धति मानेको छैन ।’
गजुरेललाइ प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले मन्त्रीको प्रस्ताव गरेपछि केपी ओलीलाइ समर्थन गरेको आरोप लागेको छ । तर उनले स्थायी कमिटीले गरेको निर्णयलाई कार्यन्वयन गरेर जानु पर्छ भन्ने आफ्नो बटमलाइन भएको बताए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमान्ने तथा पार्टीको बैठक बोलाए पार्टी फुटाउनेसम्मको धम्की दिँदै आएको छ । त्यसको बावजुत पनि अर्को अध्यक्ष प्रचण्डले अहिले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीसँग बैठक बोलाउन लिखत मौखिक सबैखाले आग्रह गर्दासमेत उनले नमाने पछि अध्यक्ष प्रचण्डले कार्याकारी अधिकार प्रयोग गरेर बैठक बोलाएको हो ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..