मुम्बई बन्यो पाँचौ पटक आईपीएल च्याम्पियन

यूएईमा सम्पन्न १३ औँ सिजनको आईपीएल उपाधि मुम्बई इण्डियन्सले जितेको छ । फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पाँचौ पटक आईपीएल उपाधि जितेको हो ।

दुबईमा भएको फाइनलमा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि रोहित शर्माले ५१ बलमा चार छक्का र पाँच चौकासहित ६८ रन बनाए । त्यस्तै, क्विन्टन डिककले २०, सूर्यकुमार यादवले १९, किरण पोलार्डले ९ र इशान किशनले नटआउट ३३ रन बनाए ।

बलिङमा एनरिक नोर्टजेले २, मार्कस स्टोइनिस, कागिसो रबाडाले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५, ऋषभ पन्तले ५६, शिखर धवनले १५ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा ट्रेन्ट बोल्टले ३, नाथनकुल्टर नाइलले २ र जयन्त यादवले एक विकेट लिए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..