त्रिभूवन विमानस्थलको उडान र अवतरण ठप्प

काठमाडौ । मालिन्दो एयरको जहाज रन वेबाट चिप्लिएकाले त्रिभूवन विमानस्थलको उडान र अवतरण ठप्प भएको छ ।

बिहीबार राति १० बजेर ७ मिनेटमा काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रहेको जहाज रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले सबै उडान र अवतरण रोकिएका हुन् ।

कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास भइरहेको छ ।कम्तिमा २ घण्टा जहाज हटाउन लाग्ने देखिएको छ । आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको छ ।

जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भने रोकिने प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । विमानमा रहेका १ सय ३९ यात्रु शकुशल छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..