स्मिता दाहाल र महानायक राजेश हमालको अभिनय रहेको ’मालिङ्गो’ सार्वजनिक

काठमाडौं । स्मिता दाहाल र महानायक राजेश हमालको अभियन रहेको मालिङ्गो बोलको गीत सार्वजनिक भएको छ । आँफैले गाएको गीतको म्युजिक भिडियोमा दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।
दाहाल पछिल्लो समयको समयको चर्चित गायिका हुन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा दाहाल हमालसँग देखिएकी छिन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..