नेप्से कारोबारमा बृद्धि, आजमात्र ६ अर्ब बढीको कारोबार

काठमाण्डौ । कोरोनाको नियन्त्रणको लागि गरिएको लकडाउनको कारण कारोनाबार ठप्प रहेको नेप्सेमा कारोबार बढ्न थालेको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता अभ्यस्त बन्न थालेपछि नेप्सेमा सर्वाधिक ६ अर्ब बढीको कारोबार भएको हो । लामो समय पछि यति धेरै कारोबार भएपछि नेप्से प्रमुख चन्द्रसिंह साउदले सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वदेश र विदेशमा रहेर अनलाइन कारोबार गर्ने लगानीकर्ता, मिडिया, ब्रोकर र नियामक निकायप्रति धन्यवाद ज्ञापन गरेका हुन् ।

साउदको बुझाईमा नेपालको सेयर बजारमा एकैदिन ६ अर्ब बढीको सेयर कारोबार हुनु पछाडिको मुख्य कारण अनलाइन नै हो । अहिले लगानीकर्ताले प्रयोग गरेपछि अनलाइनमा विश्वास भएको साउदको भनाइ द्ध । हिजोको दिनमा अनलाइ नचलाएर समस्या आएको थियो । अब चलाउन थालेपछि समस्याहरु पहिचान भई समाधान पनि हुँदै गएको छ । उनका अनुसार ब्रोकरका एकदुईजना कर्मचारीले अर्डर राखेर यति ठूलो कारोबार संभव नै थिएन । अनलाइन नभएको भए १ अर्बको कारोबार हुन पनि मुश्किल हुने उनले बताए ।

अहिले बजारमा ८४ प्रतिशतभन्दा बढी लगानीकर्ताले अनलाइन प्रणाली चलाइरहेको नेप्सेले जनाएको छ। यसकारण समेत बजारमा उत्साह आएको र कारोबार रकमले नयाँ रेकर्ड बनाएको साउदले बताए ।
बजारको प्रवृति यस्तै रहे आइतबारदेखि थप नयाँ रेकर्डहरु बन्नसक्ने संभावना समेत व्यक्त देखिन्छ। अहिले बजारको सुरुवात भएकोले खास दिन आउनै बाँकी रहेको उनले बताए ।

बजारले ऐतिहासिक रेकर्डहरु बनाएको र अलटाइम हाई नजिक पुगेको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आपसमा खुशी साटासाट गर्न र चियापान गर्न उनले आग्रह गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..