मार्शल आर्टस हुँदै अब पर्यटन प्रवर्द्धनतिर लक्ष्मण बस्नेतको यात्रा (भिडियोसहित)

काभ्रेको बनेपा नगरपालिका–१४ पुलारा गाउँमा बुबा हरिकृष्ण बस्नेत र आमा इश्वरी बस्नेतको कोखबाट जन्मिएका लक्ष्मण बस्नेत कक्षा ९ मा अध्ययन गर्दादेखि नै तेक्वान्दो खेलमा लागेका हुन् ।

सन् १९९० बाट तेक्वान्दो खेल्न सुरु गरेका लक्ष्मणले अहिलेसम्म धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक जित्नुका साथै भाग लिइसकेका छन् । उनी आइटीएफ तेक्वान्दो नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षकसमेत हुन् ।

खेलकुदलाई ‘जीवन जिउने कला’ का रुपमा लिने लक्ष्मणले तेक्वान्दोकै माध्यमबाट देशलाई चिनाउनुका साथै विभिन्न पदकहरुसमेत प्राप्त गरेका छन् । विभिन्न विश्वस्तरीय च्याम्पियनशीपमा भाग लिइसकेका बस्नेत कुनै पनि क्षेत्रमा सफल हुनलाई ‘निरन्तरता र मेहनत’ गर्नुपर्ने बताउँछन् ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पदक हात पारेर ख्याति कमाए पनि उनी अहिले पनि काभ्रेमै खेलाडी मात्र उत्पादन गरिरहेका छैनन्, कृषि क्षेत्रमा पनि खाली समय दिइरहेका छन् । त्यसैले उनी भन्छन्–खेलबाट बचेको समय खेतपातीमा पनि लगाउने गरेको छु ।

खेलसँगै सामाजिक काममा समेत सक्रिय लक्ष्मण बस्नेत समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । इंग्ल्याण्ड, मलेसिया, कोरिया, श्रीलंका, बंगलादेश, न्युजिल्याण्डसहित दर्जनौ मुलुकको भ्रमण गरिसकेका बस्नेत अहिले काभ्रेका विभिन्न विद्यालयमा तेक्वान्दो सिकाइरहेका छन् ।

विदेशमा खेल क्षेत्रमा लाग्न परिवारले नै सहयोग गर्ने गरे पनि नेपालमा त्यस्तो वातावरण नभएको उनको भनाइ छ। उनले भने–विदेशमा परिवारले नै खेलकुदमा भाग लिन पुराउने र ल्याउने कामसमेत गर्ने चलन छ। तर नेपालमा त्यस्तो छैन । बालबालिका आफ्नै इच्छाले खेल्न आए पनि परिवारले नै रोक्ने गरेका छन् ।

खेलकुदबाटै जिविका चलाउने अवस्था नरहे पनि अब स्थितिमा सुधार आउँदै गरेको बस्नेतको भनाइ छ। पहिलाको जस्तो खेल क्षेत्रमा लाग्नेहरुले मेहनत भने काम गर्ने गरेको उनले बताए । सूचना प्रविधिको विकासले बालबालिकाहरु ल्यापटप, मोबाइल, कम्प्युटरजस्ता साधनमा व्यस्त रहने भएकाले खेदकुदमा कम लाग्ने गरेको उनको अनुभव छ।

तेक्वान्दो क्षेत्रमा लागेर केही पाएको वा गुमाएको दुवै अनुभव नभएको सुनाउँदै बस्नेतले तेक्वान्दोमा लागेर पछुतो भने नभएको बताए। खेल क्षेत्रमा लाग्दाका धेरै अविश्मरणीय अनुभव रहेको बताउँदै उनले मलेसियामा भएको एउटा घटना सम्झिए । १९९९ मा एउटा सेमिनारमा भाग लिन मलेसिया जाँदा कार्यक्रमस्थल पत्ता नलागेर गल्फ मैदानमै खुला आकाशमुनि रात बिताउनु परेको बताए ।

खेल क्षेत्रमा लाग्न आफूले परिवारबाट सहयोग नै पाएको बताउँदै उनले अहिले बाबुछोरा नै तेक्वान्दो क्षेत्रमा लागेको बताए । त्यसैले अहिले लक्ष्मणले काभ्रेका विभिन्न विद्यालयमा तेक्वान्दो प्रशिक्षण कार्यक्रम चलाइरहेका छन् । तेक्वान्दो खेल विस्तार गर्ने क्रममै उनी अब राजधानीको सिफलमा पनि प्रशिक्षण सञ्चालनको तयारीमा छन् ।

तेक्वान्दो क्षेत्रमा लक्ष्मण बस्नेत राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त नाम हो । खेल क्षेत्रमा उनले लोभलाग्दो उपलव्धी हासिल गरेका छन् । तर, अब भने पर्यटन प्रवर्द्धनतिर पनि लाग्ने सोच बनाएका छन् । उनी काभ्रेमा काभ्रेमा रहेको आफ्नै निवासमा हिमालयन होम स्टे नेपाल सञ्चालनको तयारीमा छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..