प्रचण्ड सचिवालय भन्छ,चर्चामा आएको विषयमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको हो

काठमाडौं । नेकपाको अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैंठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव अन्य कुनै क्षेत्र तथा निकाय नजोडिएको प्रष्ट पारेको छ । प्रचण्ड सचिवालयले यो बिषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी दिएको हो ।
सचिवालयले बाहिर चर्चामा आएको बिषयको बारेमा प्रधानमन्त्री ओलीको धारणा मात्र खोजेको बताएका छन् ।

प्रचण्ड सचिवालयले भनेको छ,‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..