एमालेका प्रदेशसभा सांसद मनाङ्गेलाई जेल हालियो

काठमाडौ । महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ ।

विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहीबार पक्राउ गरेको मनाङेलाई आज जिल्ला काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिनुभयो ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरिएको थियो । रासस

एमाले सांसद दिपक मनाङ्गे यसरी पक्राउ परे–पक्राउ परेपछि प्रहरी र मनाङ्गेले यसो भने…

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..