बेरोजगार व्यक्तिको फारामको विवरण दर्ता गर्ने समय थपियो

रोजगारी

काठमाडौं । सरकारले विपन्न बेरोजगार व्यक्तिको फारामको विवरण रोजगार व्यवस्थापन प्रणालीमा दर्ता गर्ने समयसीमा थपेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमकाअन्तरगत बेरोजगार व्यक्तिको विवरण सूचिकरण प्रकृयाका सम्पूर्ण चरण पूरा गरिसकेकाको हकमा मंसिर १५ गतेभित्र दर्ता गरिसक्न ७ सय ५३ वटै स्थानीय तहलाई समयसीमा दिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्तिक २८ गते बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेपछि त्यसै अनुसार सबै स्थानीय तहलाई परिपत्र गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विपन्न बेरोजगार व्यक्तिको विवरण सूचिकरण गरेर दर्ता गर्ने समयसीमा असोज २० गतेसम्मका लागि मात्र तोकेको थियो ।

मंसीर १५ गतेसम्म दर्ता भएका बेरोजगार व्यक्तिको संख्याको आधारमा बाँकी रहेको शसर्त अनुदान निकासा पठाइने पनि मन्त्रालये जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..