लु जा ! सिन्डिकेट लगाएको भन्दै पत्रकार महासंघमा पनि तालाबन्दी

काठमाडौ । प्रमुख तीन दल निकटका पत्रकार संगठनले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लागु गर्न खोजेको आरोप लगाउँदै विभिन्न दल र संगठन आवद्ध सात पत्रकार संघसंस्थाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा तालाबन्दी गरेका छन् ।

विद्रोहमा उत्रिएका पत्रकार संगठनले महासंघमा भागबण्डा भएको र आफूहरुलाई प्रवेश नै नदिने षड्यन्त्र रचिएको भन्दै तालाबन्दी गरिएको जनाएका छन् । उनीहरुले पत्रकार महासंघको प्रदेश निर्वाचनका सन्दर्भमा महासंघ केन्द्रीय कार्यसमितिले चालेको प्रक्रिया र महासंघमा लगाईदै आएको सिण्डीकेट तोड्नका लागि तालाबन्दी गरिएको जनाएका छन् ।

पहिलो पटक बन्दै गरेको प्रदेश संरचनालाई सम्पूर्ण रुपमा समावेशी बनाउन सरोकारवालाहरुसँग छलफल पनि नगरी मनोमानी ढंगले अगाडी बढेको आरोप तीन पत्रकार संघहरुलाई लगाईएको छ ।

संघीय संरचनामा गएसंगै पहिलो पटक बैशाख २२ गते प्रदेश लगायतको निर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबार उम्मेदवारी मनोनयन समेत भएको छ । यसअघि प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले बैशाख २२ गते हुने पत्रकार महासंघको प्रदेश निर्वाचनमा सँगै उम्मेदवारी दिने गरि सबै पदहरुमा भागबण्डा गरेका थिए ।

सहमति अनुसार पाँच ४ वटा प्रदेश र प्रतिष्ठानमा प्रेस चौतारीले अध्यक्ष पाउने छन त्यसै गरी प्रेस युनियनले १ वटा प्रदेश र एसोसिएट प्रदेशमा अध्यक्ष पाउने छ । प्रेस सेन्टरले २ वटा प्रदेश र उपत्यका प्रदेशमा अध्यक्ष पाउने छन् ।

नेपाल पत्रकार महासंघले भने महासंघको केन्द्रीय कार्यालयमा भएको तालाबन्दीलाई गलत भनेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले अधिकांश मागहरु महासंघसंग सम्बद्ध नभएका दाबी गर्नुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..