राजपाका असन्तुष्ट पक्षले नयाँ पार्टी खोल्यो

काठमाडौ । राष्ट्रिय जनता पार्टी, नेपालका असन्तुष्ट पक्षले भने नयाँ पार्टी घोषणा गरेका छन ।

पार्टीका उपाध्यक्ष अशोक कुमार यादव नेतृत्वको असन्तुष्ट पक्षले नयाँ पार्टी स्थापना गरिएको घोषणा गरेका हुन । पार्टी स्थापना दिवसकै दिन पारेर स्थापना गरिएको नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) राखिएको छ ।

उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रिय सदस्यहरुले राष्ट्रिय जनता पार्टीबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन । नयाँ पार्टीको संयोजकको जिम्मेवारी भने अशोक कुमार यादवलाई दिइएको छ । राष्ट्रिय जनता पार्टी, नेपालले मधेशी जनताको एजेन्डा छाडेर सत्तामा जान खोजेपछि आफूहरुले नयाँ पार्टी घोषणा गर्नु परेको संयोजक यादवले बताउनु भयो ।

उहाँले संविधान संशोधन गर्न पनि राष्ट्रिय जनता पार्टी, नेपालले कुनै भूमिका निर्वाह नगरेको आरोप लगाउनु भयो ।

पार्टीको महासचिवको जिम्मेवारी भने सुवाषचन्द्र बिराजी र जीवन साहलाई दिइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..