सन्तान अग्लो चाहियो, श्रीमति टाढाबाट ल्याउनुस्

वाशिङ्टन । सुन्दा अनौठो लाग्छ सक्छ । तर पोल्याण्डका बैज्ञानिकहरुको दावीअनुसार यदि श्रीमान श्रीमतिको जन्म एकै सहरमा भएको छ भने उनीहरुबाट जन्मने बच्चाको उचाई कम हुने गर्दछ ।

त्यसैले यदि तपाई पनि अग्लो सन्तान चाहनु हुन्छ भने श्रीमति यस्ता छान्नुस् जसको माइत तपाईको गाउँसहरभन्दा निकै ढाटा होस् ।

पोल्याण्डका बैज्ञानिकहरुले जेनेटिक्समा गरेको अध्ययनअनुसार यदि श्रीमान श्रीमति एउटै सहर वा गाउँका छन् भने उनीहरुको सन्तान तुलनात्मक रुपले टाढा जन्मिएका आमाबाबुबाट जन्मने सन्ताभन्दा कम उचाईका हुन्छन् । यसको कारण जेनेटिक बताइएको छ ।

शोधका अनुसार अलग अलग क्षेत्रमा जन्मेका आमाबाबुको जीन्समा एकै सहरमा जन्मे जोडीको तुलनामा कम समानता हुने गर्दछ । पोलिस एकेडेमी अफ साइन्सेजका एन्थ्रोपोलजी विभागका दारियुज ड्यानलले यो शोध गरेका हुन् ।

उनका अनुसार जेनेटिक विविधताबाट बच्चाको शरीर अन्य बच्चाको तुलनामा बढी प्रभावी ढंगले काम गर्दछ । ‘लाइभ साइन्सेसमा प्रकाशित अध्ययनमा ड्यानलले यो प्रभाव बच्चामा ६ देखि १८ वर्षकाबीच विकास अवधिमा देखिने गर्दछ । शोधार्थीहरुका अनुसार कुनै बच्चाको उचाई उसको आमाबाबुको उचाई र सामाजिक, आर्थिक स्थितिमा निर्भर रहने गर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..