चीनको डीएफ–२६ को निशानामा कुन कुन सहर ? निशानामा भारत र अमेरिका

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मीको रकेट युनिटमा डीएफ–२६ मिसाइलका लागि एउटा नयाँ ब्रिगेडलाई सुम्पिएको छ, जसमा भारतका महत्वपूर्ण सहरसम्म मार गर्ने क्षेमता छ।

गुगल अर्थ तस्वीरको विश्लेषणबाट स्पष्ट हुन्छ कि डीएफ–२६ दक्षिण हेनान प्रान्तमा हुन सक्दछ । डोंगफेंग–२६ अर्थात डीएफ–२६ एकप्रकारको इन्टरमिडिएट ब्यालेस्टिक मिसाइल हो, जसले तीन चार हजार किलोमिटर टाढासम्म निशाना साँध्न सक्दछ।

यद्यपि स्याटेलाइट इमेजरी विश्लेषक अवकाश प्राप्त कर्नेल विनायक भट्टका अनुसार यो तथ्यात्मक रुपमा गलत दावी हो ।

तीन दशकभन्दा पनि लामो समय भारतीय सेनामा रहेका भट्टले द प्रिन्टमा लेखेका छन् कि डीएफ–२६ को एउटा बिग्रेड चिनियाँ सेनामा समावेश भएको चर्चा चार वर्षपहिलादेखि थियो,, जबकि यही वर्ष जनवरीमा डीएफ–१७ मिसाइल परीक्षण गरेको समाचार सार्वजनिक भएको थियो ।

उनका अनुसार पहिलोपटक यसको प्रदर्शन ३ सेप्टेम्बर २०१५ मा आयोजना गरिएको भिक्ट्री परेडमा गरिएको थियो । यसको प्रमुख निशाना पश्चिम प्रशान्तस्थित महासागरमा रहेको अमेरिकी द्वीप गुआम हुने बताइएको थियो । यसलाई गुआम एक्सप्रेस वा गुआम किलर नाम दिइएको थियो ।

चीनको सरकारी विज्ञप्तिअनुसार चीनको यो मिसाइल पूर्ण रुपमा स्वदेशी हो । यो परम्परागत र परमाणु दुवै प्रकारको हतियार लैजान सक्षम छ।

मिसाइलको निशानामा कुनकुन स्थान ?

डीएफ–२६ को रेञ्ज चार हजार किलोमिटर बताइएको छ, जबकि यसको निशानामा विशेषज्ञहरुले गरेको अनुमान अनुसार गुआम र भारतीय क्षेत्र छ।

मुम्बई यसको रेञ्चमा आउने सुदूर इलाका हो, जुन चीनबाट ४ हजार ३ सय ५० किलोमिटर टाढा छ, जबकि भारको अन्य महानगरको दुरी चार हजार किलोमिटरभन्दा कम छ। यही चीनबाट गुआमको दूरी ३ हजार ७ सय ५० किलोमिटर करिब छ।

गुआम अमेरिकी सैन्य अड्डा

अमेरिकाले यो द्वीपको उत्तरी किनाराको घना जंगलभित्र आफ्नो विशाल एयरबेस बनाएको छ। यो एयरबेसको रनवेमा बी–१ बम वर्षक विमानको एउटा पानी जहाज सधैं तयारी अवस्थामा रहन्छ, ताकि उत्तर कोरियाले दक्षिण कोरियामाथि गर्न सक्ने आक्रमणको स्थितिमा जवाफ दिन सकियोस्।

गुआम उत्तर कोरियाको करिब अमेरिकी क्षेत्र हो , अमेरिका र गुआमबीच ३४ सय २७ किलोमिटरको दूरी छ। यो दूरी हवाई र गुआमबीचको आधा हो । गुआम र हवाईबीचको दूरी ६३ सय ७३ किलोमिटर छ ।

यसको क्षेत्रफल २१० वर्गमिलमा फैलिएको छ, जुन आधा शिकागो बराबर हो ।

चिनियाँ शक्तिबाट अमेरिका तनावमा

चीन सावित गर्ने प्रयास गरिरहेको छ कि उसँग अब त्यो क्षमता छ, जसका बारेमा मान्ने गरिन्थ्यो कि यो केवल अमेरिका र रुससँग मात्र छ ।

चीन यो विशेष क्लबको तेस्रो मेम्बर बनेको छ। भारतले जुन ब्रम्हमोस बनाएको थियो, त्यो एउटा हाइपर सोनिक क्रुज मिसाइल हो ।

चीनले अहिले जे बनाएको छ, त्यो हाइपर सोनिक ब्यालेस्टिक मिसाइल हो । चीन–अमेरिका–रुसबीच एकप्रकारको हतियारको दौड सुरु भएको छ।

चीन अमेरिकाबाट चिन्तित छ, अमेरिका रुसको परमाणु क्षमताबाट चिन्तित छ तब रुस चीनको उर्बरा स्वरुपबाट चिन्तित छ। बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..