‘पर्व’ को सफलता पछि यूवा चलचित्र निर्देशक दिनेश राउत ‘प्रसाद’ लिएर आउदै

विजय थापा ,चलचित्र निर्माण गरे पछि नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले सुभास थापाको चलचित्र ‘प्रसाद’मा निर्देशन गर्ने भएका छन् ।

उनले नयाँ वर्ष २०७५ को शुभ साइत बैशाख १ गते उनि द्वारा निर्देशित बिशेष प्रस्तुति पस्केको सफल चलचित्र ुपर्वु युट्युबमा राखिएको छ । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत चर्चा उपचर्चामा शिखरमा पुगेको थियो ।

राउतले कुरा गर्दै प्रसाद चलचित्र को छायाँकन एक महिना पछि देखि गर्ने जानकारी दिएका छन् । प्रसाद लाई दर्शकको मन जित्ने प्रकारको निर्माण गर्ने र आफुले कुनै कसर नछोड्ने बताए । अहिले सम्म आगामी दिनमा आउनेू प्रसादू सहित ५ वटा चलचित्रमा आफूले हात हालेको बताए ।

आफू प्रति दर्शकले ठुलो अपेक्षा र विश्वास गर्ने भएकोले राम्रो प्रस्तुति ल्याउने ध्येयमा रहेको उनले बताए । उनले अगाडी भने यसरी नै नयाँ चलचित्रलाई पनि माया गरि दिनु हुनेछ भन्ने आशा समेत रहेको भन्दै पर्व चलचित्र हेर्न छुट्नु भएका सबैलाई युट्युब मार्फत हेर्न आग्रह गरेका छन् ।

युवा तथा सफल चलचित्र निर्देशक दिनेश राउत द्वारा निर्देशित चलचित्रहरु ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ तथा पर्व ।देश बिदेशमा समेत चर्चा परिचर्चामा रहेका छन् । र ,प्रसाद सहित उनको पाचौ चलचित्र हुने छ ।

राउतका चलचित्र अहिलेका पिढीलाई ज्यादा केन्द्रित गर्दै अंग्रेजी नाममा साईत जुरेता पनि पर्व र प्रसाद भने नेपाली नाम मै साइत जुरेको छ ।

उनको पर्व’ टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।कलाकारहरुमा पहिलो पटक चलचित्रमा अभिनय पाएका श्रीयन्स तिमिल्सिनाको बाल कलाकारको भूमिका रहेको छ।

पर्व चलचित्रलाई युट्युबमा राखे पछि अहिले सम्म १२ लाख ४४ हजार ले अवलोकन गरेका छन् । जस्मा अंग्रेजी को उपशीर्षकमा बाट पनि हेर्न सकिने छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..