वायुसेवा निगमका जहाजले आजदेखि काठमाडौं– नयाँदिल्ली उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमका जहाजले आजदेखि भारतको नयाँ दिल्लीका लागि उडान भर्ने भएको छ ।
कोरोना महामारीका कारण चैत ११ गतेबाट बन्द गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा आउन लागेको हो।
काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ।
निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पुरा गरिसकेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ। करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने छ ।
त्यहि जहाजले दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको यात्रु बोकेर काठमाडौं फर्किनेछ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..