संसद विघटनमा राष्ट्रपतिको कदम रोक्छन्, की अगाडि बढ्छन्

प्रधानमन्त्री ओलीको संसद विघटन प्रस्तावमा राष्ट्रपतिको दुई विकल्प, स्वीकृत वा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठकमार्फत संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका छन् । प्रधानमन्त्रीको यस कदमको सत्तारुढ नेकपासँगै कांग्रेसले पनि विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिससँगै नेकपा अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई असंवैधानिक तथा यस्तो अप्रिय कमद नचाल्न भनेका छन् । प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुले पनि सामाजिक सञ्जालमार्फत ओलीको कदमको विरोध गरेका छन् ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै संविधान तथा संवैधानिक कानुनका विज्ञहरुले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका छन् । कानुनविद् तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्रीमा त्यो अधिकार नभएको बताएका छन् ।

बिडारीले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्था नरहेको बताएका छन् । यस्तै संविधानविद् भिमार्जुन आचार्यले पनि संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको बातएका छन् ।

आचार्यले सिफारिस भएको अवस्थामा अब राष्ट्रपतिसँग केही विकल्पहरु भएको बताएका छन् । उनले अब राष्ट्रपतिले तत्काल सिफारिस स्वीकृत गरी चुनावको मिति तोक्ने अथवा थप छलफलका लागि समय लिने निर्णय गर्न सक्नेछिन् ।

Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..