राजा वीरेन्द्रको नाम बेचेर ‘वीरेन्द्र बियर’

स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत राखिएको छ। त्गTurbinenbräu  नामको स्विजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्डरहर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १. ८५ स्विस फ्र्याङ्क हो।

तर अर्को https:www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार CHF 44.40 मुल्य पर्न आउँछ यसको नेपाली भनेको ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।यो बियरको नामराजा वीरेन्द्रको नाममा राखिएको ले पनि याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राे बजार लिएकाे छ ।

नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ। श्रेणीगत हिसाबमा हेर्दा यो बियर अग्रपङ्क्तिमा देखिन्छ । बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..