संसद् विघटनको विपक्षमा नेकपा रामेछाप : जनभावना विराेधी भएकाे ठहर

संसद विघटनको विपक्षमा रामेछाप नेकपा, जनभावना विरोधी कदम भएको ठहर

काठमाडौं । नेकपा रामेछाप संसद विघटनको विपक्षमा उभिएको छ । जिल्ला समिति अध्यक्ष र सचिवले विज्ञप्ति लिकालेर जिल्ला पार्टी संसद विघटनको विपक्षमा रहेको जनाएको छ ।

संसद विघटन भएसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पक्षको बैठक बस्न सुरु गरेको छ ।
आज बिहान मात्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर ११ सय ९९ सदस्यीय महाधिवशेन आयोजक समिति घोषणा गरेका छन् । त्यसैगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बबरमहलमा सुरु भएको छ ।

नेकपा रामेछापले संसद विघटन गर्ने कार्य संविधान विपरीत भएको भन्दै सरकारको निर्णयप्रति खेद प्रकट गरेको छ । नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, अकस्मात संसद विघटन गरि नयाँ जनादेशमा जान गरिएको कदम नेपालको संविधन विपरीत छ, यो कदम नेकपाका कार्यकर्ता र जनताको भावना विपरीत रहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नु पर्ने बेला जनता र देशको हित विपरीत संसद विघटन गरिनु दुःखद भएको विज्ञप्तीमा जनाइएको छ । गैरसंवैधानिक संसद विघटनकोे विरोध गर्न,संसद पुनःस्थापनाका लागि आवश्यक संघर्ष गर्न र संविधान विरोधी तत्वहरुलाई चलखेल गर्ने अवसर नदिने गरी लाग्न विज्ञप्ती जारी गरेर मोक्तान र पौडेलले आग्रह गरेका छन् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..