जनविरोधि निर्णयलाई निरन्तरता दिदै ओली सरकार,बेलायतबाट आउनेलाई रोक्ने निर्णय

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले निरन्तर जनविरोधि निर्णय गर्दै गएका छन् । सरकारको निर्णय अनुसार अब बेलायतबाट नेपाल आउन नपाइने भएको छ । नेपाल सरकारले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक भएको बताउँदै सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको बताइएको छ । सरकारले नेपालमा कोरोना सम्बन्धी कुने पनि काम गर्न सकेको छैन । अहिले कोरोनालाई सामान्य रपमा लिन थालेको छ ।

युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेण्टाइन बसी जाँच गरेपछि मात्र गन्तब्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनु हुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..