नेकपा प्रवास किमिटीको प्रवासी नेपालीमा अपिल‘प्रचण्ड–माधव नेतृत्वको नेकपामा गोलबद्ध हौं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रवास समन्वय कमिटीले विश्वभरी रहेको प्रवासी नेपालीहरुलाई नेपालको अहिलेको राजनीतिक परिस्थितिमा प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेकपालाई साथ दिन अपिल गरेको छ । प्रवास समन्वय कमिटी अध्यक्ष युवराज चौलाचाइ र सचिव श्री प्रशाद शाहले विज्ञप्ति वारी गर्दै यस्तो अपिल गरेका छन् ।

नेपालको हिलेको राजनीति संकटको मुख्य दोसी प्रधानमन्त्री भएको ठहर गर्दै कमिटीले अब आउने सबै खाले परिस्थितिको सामना गर्न पनि तयार रहन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा पछिल्लो चरण देखा परिरहेको आन्तरिक संकट प्रधानमन्त्रीले असंबैधानिक तरिकाले जननिर्वाचित संसदको असामयिक बिघटन गरे यता राष्टिय संकटमा बदलिन पुगेकोछ । यहि बिन्दुमा देश र बिदेशमा रहेका नेकपाका लाखौं समर्थक तथा कार्यकर्ता पंक्तिलाई दुःखी तुल्याउंदै नेकपा विभाजित भएको छ । यस दुःखद अबस्था आउनुमा मुल जिम्मेवार प्रधानमन्त्री तथा तत्कालीन अध्यक्ष केपी ओली रहेको हाम्रो ठम्याई रहेको छ ।’

विज्ञप्ति हेर्नुस्

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..