के तपाईलाई निन्द्रा लागिरहेको छैन ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । नान्सी एच रोथस्टेन निदाउन नसक्नु अहिले विश्वमै आमसमस्या बन्न थालेको छ । ७६ प्रतिशत अमेरिकी अहिले पनि आरामदायी निद्राको भोको रहेको नेसनल कन्जुमर रिसर्च इन्स्टिच्युटले गरेको एक अध्ययनले देखाएको छ । कम्प्युटर, ल्यापटप, स्मार्टफोन र टिभीजस्ता उपकरणले मानिसको निद्रा नराम्रोसाग खल्बल्याउादा करिब १० करोड अमेरिकी राम्रोसाग निदाउन सकेका छैनन् । जसले गर्दा धेरैलाई मधुमेह, मोटोपन, मुटुरोग तथा डिप्रेसनले सिकार बनाएको छ । दिनप्रतिदिन विकराल बनिरहेको अवस्थामा द स्लिप एम्बेस्डरमा कार्यरत निद्रा विशेषज्ञ नान्सी एच रोथस्टेनले दिएका केही सुझाब यस्ता छन् :

आफ्नो सुत्ने समयभन्दा एक घन्टापहिले नै कुनै पनि इलेक्ट्रोनिक उपकरण चलाउन आफैँलाई बन्देज गर्ने । यसको अनुसरण गर्दा ग्याजेटसँगको अन्तक्र्रिया र त्यसबाट निस्कने निलो प्रकाशले मस्तिष्कमा पार्ने तनाव कम भई आराम मिल्छ ।
शयनकक्षमा रहेको टेलिभिजनले सुत्ने बानीमा नकारात्मक प्रभाव गर्ने पाइएको छ । शयनकक्षलाई सहायक कार्यालय वा मनोरञ्जन केन्द्र नभई निद्राको मन्दिर बनाउनु राम्रो हुन्छ ।
रक्सीले निदाउन सहयोग गर्ने र मीठो निद्रा पर्ने सोच्नुभएको छ भने त्यो भ्रम मात्रै हो । कतिपयलाई सुरुसुरुमा मादकपदार्थको सेवनले चाँडै निदाउन सहयोग गरे पनि पछि यसले निद्रा–चक्रमा व्यवधान उत्पन्न गराउँछ ।
दिनभर ताजा र स्फूर्त भइरहन भन्दै चिया, कफीलगायत क्याफिनयुक्त पेय पिउँछन् । तर, त्यसबाट प्राप्त हुने क्याफिन लामो समयसम्म शरीरमा रहिरहन्छ । नेसनल स्लिप फाउन्डेसनका अनुसार कफी पिएको ६ घन्टासम्म पनि आधाजति क्याफिन शरीरमै रहन्छ । जसका कारण निद्रा खल्बलिन सक्छ ।
-नयाँ पत्रिकाबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..