नेकपाकाे केन्द्रीय समितिकाेे बैठक सुरू

९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिकाे बैठक सुरु भएको छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बसेको थियाे । स्थायी समिति बैठकले महासचिवको टुंगो लगाउने बताइएको छ । पेरिसडाँडा बसेको सचिवालय बैठकले महासचिवको टुंगो लगाइसकेको छ । केन्द्रीय समितिकाे बैठक सुरू भएकाे हाे । स्थायी समिति बैठकबाट सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने निर्णय केन्द्रीय समितिले अनुमाेदन गर्नेछ ।

आन्तरिक तयारीका लागि भन्दै ११ बजे बोलाइएको बैठक दिनको १ बजेपछि सारिएको छ ।

बिहान नेताहरुबीच भएको अनौपचारिक छलफलपछि महासचिव टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । सचिवालयले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको एक नेताले जानकारी दिए । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरुको चाहना थियो ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..