डोल्पामा जीप दुर्घटनाःएकको मृत्यु,तीन घाईते

त्रिपुराकोट(डोल्पा) ।हिमाली जिल्ला डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडमा जीप दुर्घटना भएको छ ।
शनिवार बिहान ९ बजेतीर खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गईरहेको लु १ च ५४६६ नंबरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाईते भएकाछन् ।मृत्युहुनेमा रुकुम जिल्ला आठबिसकोट नपा वडा नं ९ बस्ने बर्ष ६० किरामकला जैसी रहेकीछन् ।

त्यस्तै घाईतेहुनेमा दैलेख चामुण्डाबिन्द्यासैनी नगरपालिका वडा नं ९ बस्ने चालक बिर बहादुर थापा,डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ५ बस्ने बर्ष २७ कि बिष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका अन्तर्गत वडा नं ६ बस्ने १८ बर्षिया जय बहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

घाईते थापा र बोहोराको अवस्था गम्भिर र जय बहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाईतेहरुको उपचारकोलागि छिमेकी जिल्ला राडीज्युला तर्फ लगिएको प्रहरीले जनाएको छ ।रामचन्द्र न्यौपाने

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..