गएका साथीहरू बैशाखपछि आउछन्, उहाँहरूकाे अन्त जाने ठाउँ छैन – नेकपा अध्यक्ष प्रचण्ड

पुस १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई छाडेर जाने साथिहरु बैशाख पछि फेरी आफूहरुसँग आउने दाबी गरेका छन् । उनले काठमाडौंमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अहिले आफूहरुलाई छोडेर जाने साथिहरुको हिजो पनि छोडेर जाने र आउने इतिहास भएकाले उनीहरु केही पाउन गएको उनले बताए । प्रचण्डले आफूहरुले राजनीति रुपमा जितिरहेको बताउँदै कार्यकर्ताहलाई चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले केपी शर्मा ओलीले बुद्धि बिगाद्रा आफूहरुले जितिरहेको पनि दाबी गरेका छन् । अदालतमा रहेको मुद्दाप्रति इकिंत गर्दै उनले अब १–२ महिनामा त्यो पनि आफूहरुले जित्ने दावी गरेका छन् । उनले त्यसका लागि सबै नेता तथा कार्यकर्ताहरु सडक आन्दोलनमा आउनु पर्ने बताएका छन् ।
युद्धबाट शान्ति कालमा आउँदै गर्दा ज्ञानेन्द्र शाहको लुप्त रुपाले आफूहरु हिरो भएको सम्झदै ओलीको यो कदमले पनि आफूहरु अहिले हिरो भएको बताएका छन् । इतिहासमा कुनै पनि तानाशाहले नजितेको बताउँदै उनले यो लडाइ पनि जनताले नै जित्ने बताएका छन् ।
पार्टी भित्र आन्तरिक सघर्ष भएको भन्दै उनले पार्टीको विवादले देशलाई अस्तिरता तिर जाने खालको कदम होला भन्ने आफूले नसोचेको बताएका छन् । उनले ओलीले अहिले यो कदम चालेर इतिहासमा कलकको टिका लागाएको बताएका छन् । उनले ओली कलक र अलोकतान्त्रीक तानाशाह भएको बताएका छन् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..