जीपको ठक्करबाट मृत्यु

दाङ । दाङमा जीपको ठक्करबाट आज एक पैदलयात्रुको मृत्यु भएको छ । लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा साँझ ६ बजे पैदल हिँडिरहेका प्युठान, मल्लरानी गाउँपालिका –५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ ।रासस

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..