केपी शर्मा ओलीमाे आयु पुग्याे : नेकपा अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं । राजनीतिक रुपमा विभाजित सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र प्रवृत्तिको आयु पुगेको बताएका छन् ।

आफ्नो समूहको विरोध सभालाई काठमाडौंको भृकुटीमण्डपमा सम्बोधन गर्दै नेता नेपालले ओलीले गणतन्त्रको आन्दोलनको समयमा बयलगाढा चढेर अमेरिका नपुगिने भन्दै आन्दोलनको मजाक उडाएको भन्दै ओली र प्रवृत्तिको आयु पुगेको बताए । ओलीले हिजोदेखि गणतन्त्र र परिवर्तन मन नपराएकाले अहिले संसद विघटन गरेको बताए । उनले ओली अझै सच्चिए छलफल हुनसक्नेसमेत बताए ।

ओली सरकार जनताको विरुद्धमा, जनचाहनाविरोधी कदम चालेकाले जनता सडकमा उत्रिएको नेता नेपालले बताए । सबै विपक्षी राजनीतिक दल सडकमा उत्रिएकाले आफूहरुको पक्षमा सबै जनता रहेको बताए ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..