`बयलगाढाको सिद्धान्त ´ केपी ओेली बयलगाढामै छन् – नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं । राजनीतिक रुपमा विभाजित सत्तारुढ नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै बयलगाढामै रहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता र गणतन्त्रका विरोधी रहेका ओलीलाई आफूले सुधारेको सम्झिएपनि उनी अफै यी सबै व्यवस्थाको विरोधी रहेको संसद विघटनको कदमले पुष्टि गरेको बताएका छन् ।

ओलीले हुँदै नभएको व्यवस्थाको प्रयोग गरेर संसद भंग गरेका छन् । यो संसद भंग भएको हैन, केपी ओलीको सरकार भंग भएको हो । ओलीले आफैले बनाएको संविधानलाई कुल्चिएर अपराध गरे भनेर नस्वीकारेसम्म उनलाई हतिहासले कंलकको टिका लगाउने प्रचण्डले बताए ।

प्रचण्डले ओली संविधान विरोधी र संघीयता, लोकतन्त्र र जनभावनाको कदर नगर्ने व्यक्ति भएको भन्दै संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको घोषणा गरेपनि आफूहरु जिउँदै भएकाले सदन जिउँदो भएको बताए ।

प्रचण्डले ओलीले संसद विघटन गरेर कलंकको टिका लगाएको भन्दै अब जनतामाझ गल्तीको माफ नमागेसम्म उनी कलंकित भइरहने पनि ठोकुवा गरे ।

उनले अदालतले आम नागरिक र जनाताको आवाजलाई सम्मान गर्ने पनि विश्वास रहेको बताए ।
यो प्रतिगमन सच्याउन नलागे जनाताले नछोड्नेसमेत बताए ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..