काँग्रेस नेताहरु सभापति देउवाविरुद्ध यसरी खनिए

काठमाडौ । नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् ।

सभापति देउवा इतरका नेताहरुले उनको कार्यशैलीप्रति तिब्र असन्तुष्ठी जाहेर गरेका हुन् । कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।

महामन्त्री शशांक कोइरालाले गुटउपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का गरेर अघि बढाउन सभापतिलाई सुझाव दिए । पार्टीले लामो इतिहास बोकेको र विचारका दृष्टिले पनि शसक्त रहेको भन्दै उनले इतिहास, विचार र कार्यकर्ता एकसाथ लिई अघि बढ्न आग्रह गरे । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफु क्याटलिष्टको रुपमा काम गर्न तयार रहेको बताए।

नेता प्रकाशमान सिंहले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको र सभापतिले गर्ने मनोमानी निर्णयका कारण निर्वाननमा पराजय व्यहोर्नु परेको दाबी गरे ।

केन्द्रीय सदस्य गगन थापाले कांग्रेस भएर पनि कांग्रेसको उम्मेद्वबार मन परेर भनी चुनाव चिन्ह रुखमा भोट नहालेर गद्धार गर्ने कांग्रेसी नभई अपराधी भएको टिप्पणी गरे ।

उनले संविधान कार्यान्वयन गराउने सवालमा निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए। भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..