बाफ रे ! अब बालबालिकाको होम वर्क पनि ठेक्कामा !!!

गर्मीको विदामा बालबालिकाका लागि होम वर्कको बोझ अलि बढी नै हुन्छ । यस्तोमा भारतमा ठेक्कामा होम वर्क गराउने एजेन्सीहरुले कदम अघि सारेका छन् ।यहाँसम्म कि उनीहरुले पत्रिकामा विज्ञापनसमेत दिइरहेका छन्।

भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले यसबारेमा एउटा विस्तृत रिपोर्ट प्रकाशन गरेको छ। पत्रिकाका अनुसार भलै यो शिक्षकका लागि राम्रो खबर नहुन सक्छ तर कयौ ‘विज्ञ’ बालबालिकालाई होम वर्क गराउने ठेक्का लिन लागेका छन् । ओएलएक्स नामको वेभसाइटमा विज्ञापन छ–विदाको होम वर्कको चिन्ता नलिनुस् । हरेक कक्षाको होम वर्क एक्सपर्टहरुको माध्यमबाट गराउनुस् ।

होम वर्क गराउने यी एक्सपर्ट प्रोजेक्टर तयार गरेर दिन्छन् । लेख लेखिदिन्छन्, यहाँसम्म कि पावर प्वायन्ट प्रेजेन्टेशन पनि बनाइदिन्छन् । अब त यसमा पनि प्रतिस्पर्धा सुरु भएको छ कि कसले कम पैसामा होम वर्क गराउन सक्द छ।

यही काम गरिरहेका अभिषेक शर्मालाई हरेक वर्ष विदामा २५ वटा अर्डर आउने गर्दछ । उनको दावी छ कि उनी ‘राम्रो क्वालिटीको होक वर्क’ गर्न सक्दछन् । उनी साधारण प्रोजेक्टका लागि १ हजार रुपैयाँ र कलि गाह्रोका लागि ३ हजार रुपैयाँ लिन्छन् । कोचिङ इन्स्टिच्युट चलाउने दिपिका वर्माका अनुसार विजनेशमा प्रतिस्पर्धा बढेको छ, ‘धेरै प्रतिस्पर्धा छ । म त यो काम छोड्न जाँदैछु । कयौ बालबालिका हामीलाई फोन गर्दछन् र उनीहरुका आमाबाबुलाई यसको जानकारी पनि हुँदैन र उनीहरु यो खर्च पनि धान्न सक्दैनन् ।

लहर राज पनि यो विजनेशमा लागेका छन् । उनका अनुसार विद्यालयहरु आवश्यकताभन्दा बढी बोझ दालिदिन्छन्, ‘जसरी विदामा काम दिइन्छ, त्यो त मात्र आमाबाबुले पूरा गर्न सक्दछन्।’

दिल्लीको स्प्रिंगडेल्स स्कुलकी प्रिन्सिपल अमीता मुल्ला वट्टल भन्छिन्–हामी बालबालिकालाई विदाका बेलामा एउटा जर्नल बनाउनका लागि भन्छौ । यदि उनीहरुले आफ्नो प्रोजेक्ट स्वयम तयार गरेनन् भने त्यसको मूल्याङ्कन गरिँदैन । बालबालिकालाई पनि यो कुरा थाहा छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..