कर्णालीमा सभापतिको गाडिमा आगजनी

जाजरकोट । जाजरकोटमा सडक छेउमा पार्किङ गरी राखेको गाडिमा आगजनी भएका छन् । पार्किङ गरिराखेको ठाउँमा राति १० बजे एक्कासी गाँडीमा आगजनी भएको हो ।

कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले लगाएको आगोबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा जलाइएको हो ।

बिहीबार राति आगो लगाएको कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक श्रोत समितिका सभापति गाणेशप्रसाद सिंह चढ्ने सरकारी गाडी

सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अज्ञात समूहले जलाएको जाजरकोट प्रहरीले जनाएको छ ।

गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा आगो लगाउनेको प्रहरीले खोजी गरिरहेका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..